भरतपुर, १४ वैशाख :
भरतपुर महानगरपालिका वडा नं २० का सभापती सत्यमोहन अधिकारीले साधारण सदस्य समेत नरहने गरि पदबाट राजीनामा दिएका छन् । आफ्नो फेसबुक वालमा स्टाटस्स लेख्दै घरयासी कामको कारण देखाउदै राजिनामा दिएका हुन् ।

यसैबिच काँग्रेस कै नेताले नाम नबताउने सर्तमा आफ्नो मान्छेले टिकट नपाएको भन्दै आवेगमा राजिनामा दिएको आरोप लगाए । देशभर चुनाव सरगर्मी बढिरहदा भरतपुर २० मा भने काँग्रेस भित्रै भाँडभौलो मच्चिएको छ ।
वडा नम्बर २० कै नेपाली काङ्ग्रेसका पूराना नेता एकनारायाण पौडेलले स्वतन्त्र रुपमा वडाअध्यक्षको उमेदवारी दर्ता गराए सँगै नयाँ तरंग आएको हो ।
भरतपुर २० मा गठबन्धनको उमेदवारमा काँगेस बाट मुक्ति प्रसाद घले विश्वास र नेकपा एमालेबाट देव बहादुर तमाङ रहेका छन् । स्वतन्त्र रुपमा वडाअध्यक्षको उमेदवारी दर्ता गराएका पौडेलको समेत राम्रो पकड रहेको छ ।





