मौन अवधिमा सुरक्षाकर्मीसहित माडी पुगे प्रचण्ड, विवाद चुलियो

चितवन, २९ वैशाख :

चितवन माडीमा माओवादी केन्द्र भित्रको विवाद उत्कर्षमा पुगेको छ ।

प्रचण्डले पक्षले नारायणकाजी पक्षबाट उठेका क्रषि काफ्लेलाई मत नदिने भनेर धम्काएपछि विवाद बढेको हो । मेयरको टिकटको आशा गरेका निवर्तमान मेयर ठाकुरलाई टिकट दिए विद्रोह गरेर एमालेसँग मिल्न जाने भनेर नारायणकाजी पक्षले पहिला धम्काएको थियो । तर, काफ्लेलाई टिकट दिएर विद्रोहबाट बचाएको प्रचण्ड पक्षले मतदानको दिन आउन केही समय मात्रै बाँकी रहँदा काफ्लेलाई मत नदिने चेतावनी दिएको छ ।

सो विवाद मिलाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज विहानै आचारसंहितासमेतको ख्याल नगरी माडी गएका थिए ।

माओवादी केन्द्रबाट गएको स्थानीय तहको निर्वाचनमा मेयर जितेका ठाकुर ढकाल यसपटक मेयरको आकांक्षी थिए । तर, उनलाई पुनः मेयरमा उठन नदिन दिवाकार स्मृृती विद्यालयका प्रद्यानाध्यापकसमेत रहेका ऋषि काफ्लेलाई राजीनामा दिन लगाइयो । ठाकुर वा ऋषि भन्ने चर्को लडाई माडीमा चल्यो ।

ठाकुरले मेयर बन्न राजीनामा पनि दिए तर टिकट पाएनन् । निवर्तमान मेयर ठाकुर ढकालले पूर्व जनमोर्चा लाइन छाडेर मूलधार प्रचण्ड लाइन समातेपछि उनलाई रोक्न पूर्व जनमोर्चा पक्षले ऋषिलाई खडा गरेको हो । ठाकुरले पुनः मेयरमा टिकट पाए माडीमा विद्रोह गर्ने र एमालेसँग मिलेर ऋषिलाई मेयरमा उठाउनेसम्मको तयारीमा थियो पूर्व जनमोर्चा खेमा ।

एमालेसँग केहीचरणमा सम्वादसमेत भएको स्रोतले बताउँछ । माडीमा विद्रोहको संकेत पाएपछि माओवादीको संस्थापन पक्षले पार्टी जोगाउन ऋषिलाई नै मेयरको टिकट दिएर ठाकुरलाई थम्थमाएको थियो । तर, अहिले ठाकुर समुहले काफ्ले समूहले विगतमा दिएको तनावका वदला लिएको हो ।

एमालेका लागि ठाकुरभन्दा काफ्ले कम चुनौती दिन सक्ने प्रतिस्पर्धी हुन् । एमालेबाट थारु समुदायकी ताराकुमारी काजी महतो उम्मेदवार बनेकी छिन् ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन