भरतपुर-२० मा कांग्रेसको प्यानलनै विजयी

भरतपुर, ८ जेठ :
भरतपुर महानगरको २० नम्वर वडामा कांग्रेसले प्यानलनै जितेको छ । वडाध्यक्षमा मुक्तिप्रसाद घले विजयी हुनुभएको छ । करिव ८ सय मतान्तरले एमालेका देववहादुर घलेलाइ पराजित गर्नुभएको छ ।
सदस्यहरुमा भोजराज लामिछाने, टेकबहादुर तामाङ, प्रभा शर्मा कोइराला र स्वस्तिका परियार विजयी बन्नुभएको छ । यो वडामा ३ हजार ७ सय ५१ मत खसेको थियो । २०७४ मा पनि कांग्रेसलेनै प्यानलनै जितेको थियो ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन