सुनको मूल्य घट्ने क्रम जारी

काठमाडौं, १ असार :

बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । साताको चौथो दिन बुधबार पनि बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोलामा १ हजार २ सय ४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन