ज्योति लाईफद्धारा चितवनमा अभिकर्ता आधारभुत तालिम सम्पन्न

२३ साउन, नारायणगढ ।

ज्योति लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको चितवन शाखा कार्यालयमा सोमबार अभिकर्ता आधारभुत तालिम सम्पन्न भएको छ । कमलनगर स्थित शाखा कार्यालयमा सम्पन्न तालिममा १६ जना नयाँ अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा कम्पनीका एरिया सेल्स म्यानेजर ईश्वर बिकल सापकोटाले सहभागिहरुलाई नेपालमा जिवन बीमाको ईतिहास र बिकासक्रमका साथै ज्योति लाईफका बिशेषताहरुबारे प्रकाश पार्नु भएको थियो ।

शखा प्रबन्धक मुकुन्द भुसालले सहजिकरण गर्नुभएको तालिममा सन्जय पुडासैनीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी म्यानेजर प्रेम ढकाल र छोटो समयमा उत्कृष्ट ब्यबसाय गर्ने एजेन्सी म्यानेजर दिपक राज न्यौपानेलाई सम्मान गरिएको थियो ।

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम