सुर्खेत, १७ भदौ :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चितवन ३ बाटै उम्मेदवार बन्ने बताउनुभएको छ।
सुर्खेत विमानस्थल परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाले यस्तो बताउनुभएको हो । उहाले यसअघि पनि आफूले सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएको बताउनुभएको थियो। ‘मैले प्रस्ट भनिसकेको छु, चितवनको क्षेत्र नम्बर–३, म पहिला पनि त्यहीँबाट लडेको हुँ, अहिले पनि त्यहीँबाट लड्नेछु’ उहाले भन्नुभयो।
अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रको राम्रो प्रभाव रहेको भन्दै सन्तुलित ढंगको तालमेल गर्ने प्रतिवद्धता जनाउनुभयो। उहाले माओवादीले आगामी दिनमा कर्णालीमा सरकार बनाउने स्थिति र गठबन्धनलाई जारी राख्ने स्थिति कायम गर्ने बताउनुभयो।





