नेपाल र केन्याबीचको तेस्रो एक दिवसीय क्रिकेट खेल आज हुँदै

काठमाडौं, २० भदौ :

केन्या भ्रमणमा रहेको नेपालले आज ९सोमबार० घरेलु टोलीविरूद्ध तेस्रो एक दिवसीय क्रिकेट खेलमा प्रतिस्पर्धा गर्दैछ ।

केन्याको नैरोबिस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार सोमबार दिउँसो पौने १ बजे क्रिकेट खेल सुरू हुने भएको हो । सोमबारको खेल जित्दै नेपाल एक दिवसीय क्रिकेट श्रृंखलामा क्लिन स्विप गर्ने योजना बनाएको छ ।

३ खेलको श्रृंखलामा नेपाल २–० ले अघि रहेको छ । श्रृंखलाको पहिलो एक दिवसीय खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एक दिवसीय खेलमा नेपाल १७ रनले विजयी भएको थियो ।

अनौपचारिक एक दिवसीय श्रृंखला अघि नेपालले केन्यालाई ५ खेलको टि–२० श्रृंखलामा ३–२ ले पराजित गरेको थियो ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ