राजपा संयोजकमा आजदेखि शरद सिंह भण्डारी

काठमाडौं, ५ चैत :
राष्ट्रिय जनता पार्टी राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी आजदेखि शरद सिंह भण्डारीले सम्हाल्दै छन् । राजपाका ६ अध्यक्षले चक्रीय प्रणाली अनुसार दुईरदुई महिना पार्टीको नेतृत्व गर्दै आएकामा आजदेखि भण्डारीले नेतृत्व सम्हाल लागेका हुन् ।

यसअघि महेन्द्रराय यादव अध्यक्ष मण्डलको संयोजक थिए । मधेसकेन्द्रित तत्कालिन ६ वटा पार्टीहरु तराई मधेस लोकतान्त्रिक, सद्भावना , राष्ट्रिय मधेस समाजवादी, तराई मधेस सद्भावना, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी एकीकरण भएपछि बनेको राजपामा ती सबै पार्टीका अध्यक्षहरु अध्यक्ष मण्डलका सदस्य छन् ।

संबन्धित शिर्षकहरु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी