साताको तेस्रो दिन आज सुनचाँदीको मूल्यमा बृद्धि

काठमाडौं, २१ भदौ :

साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सयले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य मंगलबार १० रुपैयाँले बढेर १ हजार १ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ