मलेसिया प्रवेशमा विदेशीलाई आजबाट रोक

काठमाडौं, ५ चैत :
मलेसिया सरकारले आजबाट दुई सातासम्म विदेश नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कोभिड नाइन्टिनको जोखिम नियन्त्रणका लागि भन्दै चैत्र ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशीलाई मेलेसिया प्रवेशमा रोक लगाइएको हो ।

यसबाट नेपाली श्रमिक बढी प्रभावित हुनेछन् । घर बिदामा नेपाल आएका पनि यो बीचमा फर्कन नपाउने भएका छन् । मलेसियाबाट नेपाल फर्कन चाहनेका लागि भने कुनै अवरोध नरहेकोको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली श्रमिकका लागि मलेसिया, कतार र साउदी अरब पछिको प्रमुख गन्तव्य मुलुक मानिन्छ । मलेसियामा पांच लाखभन्दा बढी नेपाली रहेको अनुमान छ । तर त्यहां कार्यरत रहेका नेपाली श्रमिकमा भने कोरोनाको संक्रमण देखिएको छैन ।

कतारले यसअघि नेपालीसहित १४ देशका नागरिकलाई यसअघि नै प्रवेशमा रोक लगाएको छ । यसैबीच नेपाल वायु सेवा निगमले मलेसियाको क्वालालम्पुरको नियमित उडान तत्कालका लागि स्थगित गरेको छ ।

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन