चिनियाँ नेता ली चान्सुको सुरक्षा जिम्मा नेपाली सेनालाई

काठमाडौं, २६ भदौ :

सोमबार नेपाल आउन लागेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीमा तेस्रो वरीयताका उहा तीन दिनका लागि नेपाल भ्रमणमा आउन लाग्नुभएको हो।

नेपाल सरकारले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिने शोक घोषणा गरेका बेला चिनियाँ नेताको औपचारिक भ्रमण हुन लागेको हो। उहा सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउँदेहुनुहुन्छ । लीको सबै राजनीतिक भेटघाटको कार्यक्रम संसद भवन नयाँबानेश्वरमा हुने भएको छ।

उहा करिब सयजनाको टोलीसहित आउन लागेपछि नेपाली सेनाका कर्णेल ९प्रमुख सेनानी० को कमान्डमा सुरक्षा बन्दोबस्त गर्न थालिएको हो।

गृहमन्त्रालय स्रोतका अनुसार सेनाले सुरक्षाका लागि संसद भवन नयाँबानेश्वरमा पनि विशेष तयारी थालिसकेको छ। सरकारले कर्णेलको नेतृत्वमा खटिने सेनाको टोलीबारे विस्तृत खुलाएको छैन। सेनासँगै सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि तैनाथ हुने बताइएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल आएकै दिन भदौ २७ गते ली र सभामुख सापकोटा बीच दिपक्षीय वार्ता हुनेछ। त्यही दिन लीको सम्मानमा सापकोटाले रात्रिभोज दिनुहुने छ।

परराष्ट्रका अनुसार चिनियाँ प्रभावशाली नेता लीले २९ गते राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग २८ गते सिस्टाचार भेट गर्नुहुने छ। २८ गते नै लिको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता हुनेछ।

नेपाल आएको भोलिपल्ट चिनियाँ जनकंग्रेस अध्यक्षले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बेग्लाबेग्लै भेट्ने तय भएको परराष्ट्रले जनाएको छ।

चिनियाँ नेता रुस, मङगोलिया पछि नेपाल आउन लागेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ। नेपाल भ्रमण सकेर लि ३० गते दक्षिण कोरिया पुग्नुहुने छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा