अध्यागमन विभागद्धारा क्रिकेटर सन्दीप कालोसूचीमा

काठमाडौं, २६ भदौ :

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। एकजना नाबालिगकलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि उनी राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बित भइसकेका छन् ।

प्रहरी बृत्त गौशालामा परेको जाहेरीका आधारमा काठमाडौं प्रहरी परिसरले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरिसकेको छ। आइतवार साँझसम्म नेपाल आइपुग्न लागेका उनलाई विमानस्थलबाटै पक्राउ गर्ने गरी अध्यागमन विभागले कालोसूचीमा राखेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आइतवार साँझसम्म उनी नेपाल आउने खबर आएपछि प्रहरीलाई उच्च सतर्क अवस्थामा राखिएको जनाएको छ। भदौ ६ गते उनी केन्यामा हुने टी–२० खेलका लागि गएका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्न उनी वेष्ट इन्डिज पुगेका थिए।

क्यानले निलम्बन गरेसँगै उनी वेष्ट इन्डिजमा सीपीएल नखेली फर्किएका हुन् । उनले शुक्रबार मात्रै आफू सीपीएल छाडेर आरोप सामना गर्न नेपाल आउन लागेको बताएका थिए।

उनी सम्भवतस् आइतवार साँझसम्म नेपाल आउने सूचना पाएपछि प्रहरी सतर्क भइसकेको छ। उनीमाथि नुवाकोट एकजना किशोरीलाई सिनामंगल स्थित होटलमा राखेर बलात्कार गरेको आरोप छ।

उनीमाथि एक १७ वर्षीया नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ