२० वर्षमुनिको एसियन कप छनोटमा नेपालले आज बहराइनसँग खेल्दै

काठमाडौं, २९ भदौ :

२० वर्षमुनिको एसियन कप छनोटमा नेपालले आज घरेलु टोली बहराइनसँग खेल्दैछ । नेपालले आज तेस्रो खेल खेल्न लागेको हो ।

नेपाल र बहराइनबीचको खेल शेख अलि बिन मोहमद अल खालिफा मैदानमा राति पौने १२ बजे सुरु हुनेछ । नेपालले यसअघि भुटान र कुवेतसँग हारेको थियो ।

पहिलो खेलमा नेपाल भुटानसँग २–० र दोस्रो खेलमा कतारसँग ३–१ गोलले पराजित भएको थियो ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल अङ्कविहीन छ । नेपालले आउँदो आइतवार बङ्गलादेशसँग खेल्नेछ ।

 

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै