डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

काठमाडौं, ५ असोज : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित शेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार डाटा सेन्टरमा प्राविधिक समस्या आएको छ । समस्या समाधानका लागि पहल भइरहेको नेप्सेले जनाएको छ ।

यो समयमा कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा समेत क्षति पुग्न सक्ने भन्दै आजको कारोबार बन्द गरेको नेप्सेले सूचनामार्फत जनाएको छ । धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीअनुसार आजको कारोबार स्थगित गरेको नेप्सेले जनाएको छ ।

अघिल्लो कारोबार दिन नेप्से २२.८५ अङ्कले बढेर २ हजार ६४७.२२ विन्दुमा पुगेर बन्द भएको थियो ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी