कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

काठमाडौं, ५ असोज : दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको एक कपडा कारखानामा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार आइतबार दिउँसो करिब ३ बजे कारखानामा आगलागी भएको थियो। आगलागीपछि उद्धार तथा राहत कार्य तत्कालै सुरु गरिएको थियो । घटनास्थलमा उद्धार कार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन् ।

आगलागीको कारणबारे भने तत्काल विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी