कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु

कालीकोट, १२ कार्तिक : :

कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएकाे छ । तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा ४ वर्षकी बालिका झरना थापा र ४ वर्षकी सरस्वती राना ज्यान गएकाे हाे । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालका अनुसार कोदोबारीमा बम विस्फोट हुँदा थापाको घटनास्थलमै र रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएकाे हाे ।

बम नयाँ हो वा पुरानो भन्ने नखुलेको डीएसपी रिमालले बताउनुभयाे । त्यस्तै घटनामा परी ३ जना घाइते भएका छन् । गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका-१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।

पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भएको प्रहरीको भनाइ छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै