विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनको निर्णय सार्वजनिक

काठमाडौं, १५ कार्तिक : 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कपिलवस्तुमा सम्पन्न नवौं महाधिवेशनको निर्णय सार्वजनिक गरेको छ । काठमाडौँको कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा आज पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वको नेकपाले नवौं महाधिवेशनले गरेका निर्णय सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अस्वीकार गर्ने बताउनुभयो । उहाँले विप्लव नेकपाले चुनाव विरोधी प्रचारात्मक कार्यक्रम गर्ने र राज्यले दमन गरेमा उचित प्रतिरोध गर्ने पनि बताउनुभयो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै