अस्पतालको कडा एक्सनः हाजिर नहुने ५ डाक्टर हटाईयो

बुुटबल, चैत २६ ।

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले अस्पतालमा विनाजानकारी अनुपस्थित पाँच चिकित्सकलाई सेवाबाट हटाएको छ । अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करीब डेढ महिनादेखि अनुपस्थित भएकाले सेवाबाट बुधबार हटाइएको सूचना दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।

कोरोनाको महामारी संक्रमणका बेला जनतालाई सेवा दिनुपर्नेमा सेवा छाडेर अस्पतालमा समेत जानकारी नदिएकाले तिनलाई सेवाबाट हटाउने निर्णय गरिएको डा. खनालले बताए । सेवाबाट हटाइएकामा रेडियोलोजी विभागका डा. वरदान वली र डा. ताराप्रसाद शर्मा, नाक, कान, घाँटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागका डा. प्रकृति कार्की छन् ।

उनीहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित थिए । हटाइएकाहरु करारमा नियुक्त चिकित्सक हुन् । उनले भने, ‘यस्तो महासंकटको बेलामा जस्तोसुकै कठिन अवस्थामा पनि सेवा दिन तयार रहनुपर्नेमा सम्पर्कविहीन भएपछि तिनलाई हटाउनुको विकल्प थिएन ।’

सामाजिक विकासमन्त्री सुदर्शन बरालले महामारीका बेलामा पनि सेवामा नखटिने चिकित्सकलाई कारवाही गर्न मन्त्रालयले दिएको निर्देशनअनुसार नै अस्पतालबाट कारवाही गरिएको बताए । रासस

संबन्धित शिर्षकहरु

मेक्सिको ४० वर्षपछि क्वार्टरफाइनलमा, इक्वेडर बाहिरियो

फ्रान्स र नर्वे विश्वकप फुटबलको अन्तिम १६ मा

लेबनानमा इजरायली आक्रमणपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाइ