भरतपुर अस्पतालमा करार कर्मचारीको लफडा, कसैलाई काखा कसैलाई पाखा

चितवन, २५ कार्तिक :

भरतपुर अस्पतालका केहि करार कर्मचारीलाई भोलीबाट काममा नआउ भनेपछि विवाद उत्पन्न भएको छ । २०७९ चैत २० सम्म करार अवधि रहेपनि एक्कासी काममा नआउ भनेसंगै आँफु अच्चममा परेको एक पिडित कर्मचारीले बताइन ।

भरतपुर अस्पतालले तिहार अघि मात्रै केहि कर्मचारी करार र मासिक ज्वालादारीमा भर्ना गरेको थियो । यसअघि सम्पन्न भएको कर्मचारी भर्ना प्रक्रियामा समेत आँफु अनुकुलमा मान्छेलाई नियुक्त गरेको भन्दै विवाद भएको थियो । भरतपुर अस्पताल विकास समिति कर्मचारी यूनियनका अध्यक्ष कृष्ण प्रसाद शर्माका अनुसार ३ जना करार कर्मचारीलाई भरतपुर अस्पतालकी नर्सिङ प्रमुखले मौखिक रुपमा नआउन भनेको भनि युनियनमा समेत निवेदन आएको बताए । साथै उनले अस्पताल प्रसाशनबाट लिखित रुपमा आएपछि युनियनले थप कदम चाल्ने बताए ।

 

भरतपुर अस्पतालका सुचना अधिकारी गोपाल पौडेलका अनुसार पढाई र काम सगसंगै गर्न नपाईने निर्यण भएको बताए । उनले सबै करार कर्मचारीको हकमा यो लागु हुने बताए । तर अस्पतालमा करिब ५० भन्दा बढि करार कर्मचारी पढ्दै काम गर्दै गरेको पाएको छ । केहि दिन अघि मात्रै केहि कर्मचारी जिल्लाका चर्चित राजनितिज्ञ, पहुँचवालाका नजिकमा मान्छेहरुलाई कर्मचारी राखेको अस्पताल माथि आरोप छ ।

पिडित कर्मचारीका अनुसार मौखित जानकारी मात्रै आएको लिखित आएमा अस्पताल भित्रको बेतिथि प्रमाण सहित लिएर आन्दोलनमा जाने बताइन । देश निर्वाचनको संघारमा रहेको बेला निर्वाचन आचार संहिता समेत लागु भएको छ । करार कर्मचारी कुनैलाई काखा कुनैलाई पाखा गरेसंगै भरतपुर अस्पताल फेरि विवादमा आएको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै