प्रधानमन्त्री देउवाद्वारा मतदान

काठमाडौं, ४ मंसिर :

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्नु भएको छ । बिहान १० बजे गन्यापधुरा गाउँपालिका-१ असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा उहाँले मतदान गर्नु भएको हो । प्रधानमन्त्री देउवा सातौँ पटक डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवार हुनुहुन्छ ।

मतदानपछि उहाँले लोकतन्त्रको सुन्दर पक्ष मतदानबाट आफ्नो प्रतिनिधि चुन्नु भएकाले सबैले आफ्नो मताधिकार प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै