चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा गैंडा मृत भेटियो

चितवन, १९ मंसिर :

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ ।

मृत गैंडा भेटिएको स्थानमा निकुञ्जको प्राविधिक टोली अनुसन्धानका लागि गएको छ । गैंडा बुढो भएर मरेको अनुमान गरिएको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै