राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

काठमाडौं, २९ मंसिर :

राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक मनाेज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । प्रभाकरले आज बिहीवारदेखि लागू हुने गरि राजीनामा दिएका नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएकाे छ ।

मुख्य प्रशिक्षकले दिएकाे राजीनामा स्वीकृत गरेकाे पनि क्यानले जनाएकाे छ । तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गएकाे साउनमा क्यानले एक वर्षकाे सम्झाैता गर्दै प्रभाकरलाई नियुक्त गरेको थियाे । तर सम्झौताअघि नै प्रभाकरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।

उनकाे नेतृत्वमा टिमले राम्राे प्रदर्शन गर्ने अपेक्षा गरिए पनि नेपालले पछिल्लाे समय लगातार खराब प्रदर्शन गर्दै आएकाे थियाे ।

संबन्धित शिर्षकहरु

‘मेटा’ले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

अदालतको फैसलाले पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गर्‍याे : सभापति थापा

आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले आज अमेरिकासँग खेल्दै