नारायणगढ–मुग्लिन सडक आज र भोलि खुला हुने

काठमाडौं, ३० पुस : हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलालाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडक खण्डमा दुई दिन दिनभर सडक खुला गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्ति मेलालाई लक्षित गरी शनिबार र आइतबार सडक खुल्ला गरिने जनाएको छ ।

पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको छ । गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम भइरहेको छ । माघे संक्रान्तिमा देवघाटमा स्नान गर्न देशैभरबाट भक्तजन जाने गर्दछन् ।

यो वर्ष पाँच लाख भक्तजन देवघाट पुग्ने अपेक्षा देवघाट क्षेत्र विकास समितिको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै