मधेश प्रदेशमा सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं, ३० पुस : मधेश प्रदेशको सभामुख पदका लागि शनिबार उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेश सभामा शनिबार बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको हाे । दलहरुले प्रस्ताव गरेको उम्मेदवारको नामावली शनिबार दिउँसो साढे ३ बजे प्रकाशन हुने निर्वाचन तालिकामा उल्लेख गरिएकाे छ ।

प्रस्ताव भएको नामहरु आगामी माघ २ गते बस्ने प्रदेश सभा बैठकमा प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएकाे छ । नेकपा एमालेले सभामुख पदको लागि रामचन्द्र मण्डलको नाम प्रस्तुत गर्ने तयारी गरेको छ । सत्ता साझेदार दलहरुले सभामुख, उपसभामुख र मुख्यमन्त्री पदको बाँडफाँटकाे टुङ्गो केन्द्रबाटै लगाएका छन् ।

सोही सहमति अनुसार जनता समाजवादी पार्टीले मुख्यमन्त्री पाएको छ । एमालेले सभामुख र जनमत पार्टीले उपसभामुख पाउने भएका छन् ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै