इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसको बराबरी

काठमाडौं, ५ माघ :

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा युनाइटेड र क्रिस्टल प्यालेसले एकरएक गोलको बराबरी खेलेका हुन् ।

ब्रुनो फर्नान्डेसले खेलको ४३ औँ मिनेटमा गोल गरेपछि अग्रता लिएको युनाइटेडले अन्तिम समयमा गोल खायो । क्रिस्टल प्यालेसका मिचेल ओलिसले दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे । यो बराबरीसँगै युनाइटेडको १९ खेलमा ३९ अंक भएको छ ।

युनाइटेड अंकतालिकाको तेस्रो स्थानमा छ । समान खेलमा क्रिस्टल प्यालेस २३ अंकका साथ १२ औँ स्थानमा छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा