भारतमा गणतन्त्र दिवसको तयारी

काठमाडौं, ९ माघ :  

गणतन्त्र दिवस भव्यताका साथ मनाउन भारतले तयारी थालेको छ । तयारी स्वरुप आज दिल्लीमा परेड प्रदर्शनका लागि रिहर्सल हुँदैछ ।

दिल्ली ट्राफिक प्रहरीले बिहान ९ बजेपछि परेड नसकिएसम्म राजधानीका कुनै पनि सीमा क्षेत्रबाट ठूला र हेभी गाडीलाई प्रवेशमा निषेध गरेको छ । भारत सन् १९४७ को अगस्ट १५ तारिखमा स्वतन्त्र भएको थियो । त्यहाँ सन् १९५० को जनवरी २६ मा संविधान लागू गरिएको थियो ।

संविधान लागू भएपछि भारतलाई गणतन्त्रात्मक देश घोषणा गरिएको थियो । संविधान लागू भएको दिनको सम्झनामा हरेक वर्षको जनवरी २६ तारिखमा भारतले गणतन्त्र दिवस मानउँदै आएको छ । यो वर्ष भारतले ७४औँ गणतन्त्र दिवस मनाउँदै छ ।

ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा देशभर तथा आफ्ना दूतावास भएका देशमा यो दिवस मनाउने गरेको छ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै