प्रधानमन्त्री प्रचण्ड आज धनगढी जाँदै

काठमाडौँ, १ फागुन : 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाली जाँदै हुनुहुन्छ ।

पार्टी मुख्यालय कोटेश्वरमा जनयुद्ध दिवसमा सहभागी भएर प्रचण्ड त्यहीबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जानुहुनेछ।

कैलालीमा उहाले कैलालीको गेटामा रहेको मेडिकल कलेज र महेन्द्रनगरमा सुख्खा बन्दरगाहको निरीक्षण तथा कैलाली महोत्सवको उद्घाटन कार्यक्रममा सहभागी हुने उहाको सचिवालयले जनाएको छ।

उहा माओवादी केन्द्र जिल्ला कमिटीले आयोजना गरेको जनयुद्ध दिवसको कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ। प्रचण्ड आजै काठमाडौं फर्किनुहुनेछ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै