राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ राष्ट्रिय महाधिवेशन धादिङमा हुने

काठमाडौं, ९ फागुन :

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औँ राष्ट्रिय महाधिवेशन आगामी फागुन १२, १३ र १४ गते ३ दिनसम्म धादिङवेशीमा हुने भएको छ ।

महाधिवेशनमा ७२ जिल्ला स्तरीय समिति, ६ वटा प्रदेश स्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रिय समितिसहितका सबै प्रतिनिधि गरी करिब एक हजार जना प्रतिनिधिको सहभागिता रहने प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संस्थाको सङ्गठन ५४ जिल्ला, उपत्यका समन्वय समिति नौ वटा, विदेश शाखा नौ वटा गरी जम्मा ७२ जिल्लास्तरीय समिति र पाँच प्रदेश तथा एक उपत्यका समन्वय समिति गरी छ प्रदेश स्तरीय समिति रहेका छन् ।

प्रतिष्ठानमा साधारण सदस्य, आजीवन सदस्य, मानार्थ सदस्यसहित जम्मा कुल २६,११८ जना आबद्ध रहेका छन् ।

प्रतिष्ठानले काठमाडौँको टोखामा आफ्नै पहलमा जग्गा खरिद गरि कार्यालय स्थापना गरी नव कलाकर्मी र प्रतिभाहरूलाई प्रशिक्षण तथा आफ्ना गतिविधि सञ्चालन समेत गरिरहेको छ ।

लोक कला क्षेत्रका कलाकर्मीको छाता सङ्गठन बनाउने उद्देश्यले २०५७ साल असोजमा लोक गायक अम्बर विरही गुरुङको अध्यक्षतामा संस्थाको स्थापना भएको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा