प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं, १३ चैत : 

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दाहाल र घिमिरेबीच भएको भेटवार्तामा सदनका कामकारबाहीलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।सभामुखको तजबिजी अधिकार कटौती गर्ने सत्ता गठबन्धनको तयारीका बारेमा सभामुख घिमिरेले चासो राखेको र त्यसैमा छलफल केन्द्रित भएको बालुवाटार स्रोतले बताएको छ ।

यहि चैत ६ गते प्रतिनिधि सभाको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को मस्यौदा प्रतिवेदन पेश भएको थियो । त्यसमा १५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । जसमा सभामुखका अधिकार कटौती गर्ने’ संशोधन प्रस्ताव सत्तारुढ दलहरुका सांसदहरुले राखेका छन् ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै