राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं, २१ चैत :

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो एक बजेर एक मिनेटमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

संघीय संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुपिकमल दाहाल ‘प्रचण्ड’ ले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७८र०७९’ र ‘लोक सेवा आयोगको त्रिसठ्ठीऔं वार्षिक प्रतिवेदन, २०७८र०७९’ सभासमक्ष पेस गर्नेहुने सम्भावित कार्यसूची छ ।

यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित ‘“’सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने तथा ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

 

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै