आईपीएल क्रिकेटमा कोलकाता विजयी, चेन्नई ६ विकेटले पराजित

काठमाडौं, १ जेठ :

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । गएराति भएको खेलमा कोलकाताले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको हो । चेन्नईले जितका लागि दिएको १४५ रनको लक्ष्य कोलकाताले ९ बल बाँकी छँदै भेट्टायो ।

कोलकाताका लागि नितिश राना र रिंकु सिंहले अर्धशतकीय पारी खेले । रानाले ५७ र सिंहले ५४ रनको योगदान दिए । चेन्नईका दीपक चहरले तीन विकेट लिए । यस अघि चेन्नईले ६ विकेट गुमाएर १४४ रन जोडेको थियो । चेन्नईका शिवम् दुबेले सर्वाधिक ४८ रन बनाए ।

यस्तै, देवन कन्वेले ३०, रविन्द्र जडेजाले २० र ऋतुराज गायकवाडले १७ तथा अजिन्का रहानेले १६ रन जोडे । कोलकाताका लागि वरुण चक्रवर्ती र सुनिल नरैनेले दुईरदुई तथा वैभव अरोरा र शार्दुल ठाकुरले एकरएक विकेट लिए । विजयी कोलकोता १३ खेलमा १२ अङ्कसहित सातौँ स्थानमा रहेको छ भने १३ खेलमा १५ अङ्क जोडेको चेन्नई दोस्रो स्थानमा रहेको छ।

यसअघि हिजोको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरले राजस्थान रोयल्सलाई १ सय १२ रनको फराकिलो अन्तरले हराएको थियो ।

 

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै