कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना

काठमाडौँ, १९ असोज : आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेकाे छ । यी प्रदेशका केही ठाउँमा अहिले पनि हल्का वर्षा भइरहेको माैसमविद्ले बताएका छन् ।

तत्काल ठूलो वर्षाको सम्भावना नरहे पनि देशका धेरै ठाउँको मौसम अहिले आंशिदेखि सामान्य बदली रहेकाे मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको असर नेपालमा अझै रहेको छ।

यही प्रणालीका कारण मनसुन बाहिरिन ढिलाइ भइरहेको र केही ठाउँमा अझै हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको उहाँले बताउनु भयाे । सुदूरपश्चिम र कर्णाली प्रदेशमा यो प्रणालीको असर कम छ । तर, अन्य प्रदेशमा भने असर रहिरहेकाले ती प्रदेशमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा