गाजा क्षेत्रलाई कब्जा गर्ने कुनै चाहना छैन : इजरायल

TOPSHOT - Palestinians inspect the destruction from Israeli airstrikes in Gaza City's al-Rimal neighbourhood early on October 10, 2023. Israel kept up its deadly bombardment of Hamas-controlled Gaza on October 10 after the Palestinian militant group threatened to execute some of the around 150 hostages it abducted in a weekend assault if air strikes continue without warning. (Photo by MOHAMMED ABED / AFP) (Photo by MOHAMMED ABED/AFP via Getty Images)

काठमाडौँ, २९ असोज : इजरायलले गाजा क्षेत्रलाई कब्जा गर्ने कुनै चाहना नभएको जनाएको छ । संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्र सङ्घका लागि इजरायली राजदूत जिलाड अर्डनले अहिले आफूहरु आफ्नो नागरिकको सुरक्षाका लागि मात्रै लडिरहेको बताउनु भएको छ । यस्तै, उहाँले प्यालेस्टाइनी विद्रोही समूह हमासलाई समाप्त पार्नु आफूहरुको उद्देश्य रहेको बताउनु भएको सीएनएनले जनाएको छ ।

हमासलाई समाप्त पार्न जे गर्न पछि नपर्ने उहाँको भनाइ छ । हमास माथिको आक्रमण पछि गाजा क्षेत्रमा कसको शासन चल्छ भन्ने प्रश्नमा उहाँले युद्ध पछिको कुरा आफूले अहिले भन्न नसक्ने बताएका खबरमा उल्लेख छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रलाई कब्जामा लिए त्यो इजरायलका लागि गलत हुने प्रतिक्रिया दिनु भएको थियो । उहाँको यो अभिव्यक्ति पछि इजरायलको प्रतिक्रिया आएको हो । इजरायली आक्रमणले प्यालेस्टाइनको गाजा क्षेत्रमा मानवीय सङ्कट हुन थालेको छ ।

इन्धन अभावले उत्तरी गाजाका अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् । पछिल्लो ४८ घण्टामा उत्तरी गाजाका ११ लाखमध्ये ५ लाखभन्दा धेरै आफ्नो थातथलो छाडेर पलायन भएका छन् ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै