आज कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली

काठमाडौँ, २५ पौष : आज कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । तराईका धेरैजसो ठाउँमा हुस्सु छ । बिहानीपख हुस्सु लागेकोले दैनिक जनजीवनमा समस्या छ ।

मौसमविद्ले चिसोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेका छन् । अरु बाँकी ठाउँहरुमा आजको मौसम सामान्यतया सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

आज राति पनि कोशी, गण्डकी र बाग्मती प्रदेशका क्षेत्रमा मौसम आंशिक बदली नै रहने अनुमान छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै