सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

काठमाडौं, १९ माघ : आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको हो । हिजो तोलाको १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको १४ सय १० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेर १४ सय १५ रुपैयाँ कायम भएको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै