प्रिमियर लिगमा आज आठ वटा खेल हुँदै

काठमाडौं, ५ असोज : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज आठ वटा खेल हुँदैछन् । आज बेलुका सवा ५ बजे वेस्टह्याम र चेल्सी, राति पौने ८ बजे एस्टन भिला र उल्भ्स, फुलहम र न्युक्यासल, साउथह्याम्पटन र ईपस्वीच टाउन, टोटनहम र बे्रन्डफोर्ड, लेस्टर सिटी र एभर्टन तथा लिभरपुल र बर्नमाउथ खेल्दैछन् ।

यस्तै राति सवा १० बजे क्रिस्टल प्यालेस र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ । चार खेलमा १२ अङ्कसहित म्यानचेस्टर सिटी तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा आर्सनल १० अङ्कसहित दोस्रो र न्युक्यासल तेश्रो स्थानमा छन् ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै