गाजाको स्वामित्व लिएर पुनर्निर्माण गर्न चाहन्छाैँ : अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं, २३ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले गाजाको स्वामित्व लिन चाहेको बताउनुभएको छ । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले गाजाको स्वामित्व लिएर पुनर्निर्माण गर्न चाहेको बताउनुभएको हो ।

ट्रम्पले अमेरिकाले गाजाको ध्वस्त वा जीर्ण भवनहरूको पुनर्निर्माण गरेर त्यहाँँको आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उल्लेख गर्नुभएको बीबीसीले जनाएको छ । यसले गाजाका मानिसहरूलाई रोजगारी र बसोवासका लागि घर प्रदान गर्ने उहाँको भनाइ छ । अमेरिकी राष्ट्रपतिले गाजाको पुनर्निर्माणमा अमेरिकी सेनाको आवश्यकता परेमा सेना तैनाथ गर्नेबारे विचार गर्न सक्ने पनि बताउनुभएको छ । उहाँले गाजाबाट विस्थापित प्यालेस्टिनीहरूलाई युद्धग्रस्त गाजाभन्दा बाहिर स्थायी रूपमा बसोपास गर्न सुझाव पनि दिनुभएको छ । यसैबीच नेतान्याहूले ट्रम्पको योजनालाई समर्थन गर्दै खुशी व्यक्त गर्नुभएको खबरमा उल्लेख छ ।

इजरायली प्रधानमन्त्री नेतान्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पले गाजाको भविष्यलाई नयाँ उचाइमा पुर्‍याउन पहल गरिरहनुभएको भन्दै खुशी व्यक्त गर्नुभएको हो । भविष्यमा गाजा इजरायलका लागि कहिल्यै खतरा नबनोस् भन्ने आफ्नो चाहना रहेको नेतान्याहूको भनाइ छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’