इटालियन सिरि ए मा युभेन्टसलाई ४ अंकको अग्रता

काठमाडौं, ९ असार :
इटालियन सिरि ए मा युभेन्टसले बोलोग्नालाई २–० ले हराएको छ । गएराति भएको खेलमा क्रिष्टियानो रोनाल्डो र पाउलो डिबालाले एक एक गोल गरेका हुन् । जितसँगै युभेन्टसले चार अंकको अग्रता लिएको छ । युभेन्टरले ६६ अंक र लाजियोको ६२ अंक छ ।

बोलोग्नाको मैदानमा भएको खेलको २३औं मिनेटमा युभेन्टसले पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै युभेन्टसलाई अग्रता दिलाए । ३६औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै पहिलो हाफअघि नै युभेन्टसलाई २–० को अग्रता दिलाए ।

बोलोग्ना ३४ अंकसहित १०औं स्थानमा छ । अर्को खेलमा एसी मिलानले रेलिगेसन जोनको लेस्सेलाई ४–१ ले हरायो । मिलानको जितमा सामु कास्टिलो, जियाकोमो बोनाभेन्चुरा, अन्ते रेविच र राफेल लाओले गोल गरेका थिए । ३९ अंक बनाएको मिलान सातौं स्थानमा पुगेको छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’