मनसुन कमजोर बन्दै, मौसमको आधिकारिक सूचनाको प्रयोग गर्न विभागको अनुरोध

काठमाडौं, ३० साउन : मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ ।

दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही ठाउँ र तराईका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना छ । यस्तै राति गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीसम्मन्धी भ्रामक तथा अपुष्ट सूचना सार्वजनिक भइरहेको भन्दै आधिकारिक सूचना प्रयोग गर्न अनुरोध गरेको छ । विभागले भ्रामक सूचनाको विश्वास नगर्न तथा विभागको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमा प्रेषित सूचनाहरू प्रयोग गर्न अनुरोध गरेको हो ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै