नेकपा संयोजक दाहालले चितवनबाट गरे मतदान

चितवन, २१ फागुन : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले मतदान गर्नुभएको छ । बिहीबार बिहान चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट अध्यक्ष दाहालले मतदान गर्नुभएको हो ।

उहाँ रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत हुनुहुन्छ । बिहीबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि निर्वाचन भइरहेको हो । देशैभरी मतदान कार्य जारी छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै