सुनकाे भाउ एकैदिन ७ हजार ८०० ले घट्याे, ताेलाकाे २ लाख ९४ हजार ५०० रुपैयाँ

काठमाडौं, ६ चैत्र : हप्ताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज एकैदिन ७ हजार ८०० ले घटेर तोलाको २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ३०० रुपैयाँ रहेको थियो । सुनको भाउ तीन दिनयता घटिरहेको छ । अस्ति बुधवार तोलाको ३ लाख ७ हजार ७०० रहेको सुनको भाउ हिजो ५ हजार ४०० रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ ११५ रुपैयाँले घटेर तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार १० रुपैयाँ रहेको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा