स्पेनिस ला लिगा फुटबलमा आज रियाल र इस्पानियोल विच प्रतिस्पर्धा हुने

काठमाडौं, १४ असार :

स्पेनिस ला लिगा फुटबलमा आज रियालले इस्पानियोल सँग खेल्नेछ । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड र बार्सिलोनाको टकराव जारी छ । गएरातीको खेलमा सेल्टा भिगोसँग बराबरी खेल्दै बार्सिलोनाले शिर्ष स्थानको रियाल मड्रिडलाई उछिनेको हो ।

सेल्टा भिगोको मैदानमा गएराति भएको खेलमा बार्सिलोना २–२ गोलको बराबरीमा सकियो । बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरे । सेल्टाका फेडोर स्मोलोभ र इयागो आसपसले एक एक गोल गर्दै कठिन खेलबाट टोलीलाई १ अंक दिलाए ।

सेल्टासँग बराबरीमा रोकिएपछि ३२ खेलबाट ६९ अंक जोडेको बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको रियाल मड्रिड ६८ अंकका साथ दोस्रो स्थानमा झरेको छ । एजेन्सी

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’