आज पनि सुनको भाउ घट्यो

काठमाडौं, १३ जेष्ठ : आज सुनको भाउ घटेको छ । हिजो तोलामा एक हजार ३ सय रुपैयाँले घटेको सुनको भाउ आज एक हजार रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा २ लाख ९१ हजार ५सय रुपैयाँ रहेकोमा आज घटेर तोलाको २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । हिजो तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेको हो । आज चाँदी तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी