भेनेजुएलामा संसदको निर्वाचन डिसेम्बरमा

काराकास, १७ असार :

भेनेजुएलाको संसदको आमनिर्वाचन आगामी डिसेम्बरमा गर्नेगरी तयारी शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष अल्फन्जो इजागुरले भेनेजुएलामा आगामी डिसेम्बरमा २७७ सदस्यीय संसदका लागि चुनाव हुने जानकारी दिनुभयो ।

यसपटकको चुनावमा ६६ प्रतिशतभन्दा बढी संख्यामा सांसदहरु चुनिन लागेका हुन् । भेनेजुएला सरकारले यसै वर्ष नेसनल एसेम्ब्लीका लागि चुनाव गर्ने पटकपटक प्रतिबद्धता जनाइरहेको अवस्थामा चुनावको महिना घोषणा भएको हो ।

त्यस्तै राज्यका गभर्नरको चुनाव पनि सन् २०२१ मा गर्ने घोषणा गरिएको छ । (रासस–एएनआई)

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै