प्रदेश प्रमुख प्रसाईँद्वारा खोजी र उद्धार द्रुत बनाउन आग्रह

हेटौंँडा, २६ असार :

वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले सिन्धुपाल्चोकमा भएको बाढीपहिराको घटनाका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नु भएको छ ।

यहाँ आज वक्तव्य जारी गर्दै प्रदेश प्रमुख प्रसाईँले प्रदेश सरकारलाई खोजी तथा उद्धारलाई द्रुत र प्रभावकारी बनाउन आग्रहसमेत गर्नुभएको छ । प्रदेश प्रमुख प्रसाईँले जोखिम कायम नै रहिरहेका अवस्थामा नागरिकलाई सावधान रहन तथा सरकारलाई तयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ ।

यसैबीच वाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोक घटनामा ज्यान गुमाउनेहरुको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकमार्फत राहत घोषणा गरिने जनाइएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल तथा सामाजिक विकासमन्त्री युवराज दुलाल हेलिकप्टर लिएर सिन्धुपाल्चोक पुग्नुभएको थियो । (रासस)

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’