कोरोना सङ्क्रमणबाट थप तीनको मृत्यु, मृतकको सङ्ख्या ३८ पुग्यो

काठमाडौँ, २७ असार :

कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका दुई र सिन्धुपाल्चोकका एकजना छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका–१० शङ्खमूलका ६० वर्षीय पुरुष र गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुष तथा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष छन् ।

शङ्खमूलका सङ्क्रमित फोक्सोमा पानी जमेको तथा मिर्गौला रोगका कारण यही असार १६ गते पाटन अस्पतालमा भर्ना भई उपचाररत थिए । उहाँमा असार १७ गते कोरोना ‘पोजेटिभ’ देखिएको थियो । उहाँको यही असार २६ गते मृत्यु भएको हो ।

यस्तै गोकर्णेश्वर–४ का पुरुष मिर्गौला रोगका उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिएन । उहाँको यही असार २५ गते मृत्यु भएको हो । यसैगरी सिन्धुपाल्चोकको पाँचपोखरी–६ का सङ्क्रमित क्षयरोगको उपचारका लागि यही असार १८ गते पाटन अस्पतालमा भर्ना भएका थिए ।

उहाँमा यही असार २२ गते कोरोना ‘पोजेटिभ’ देखिएको थियो । उहाँको यही असार २५ गते मृत्यु भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।(रासस)

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’