प्रकाश ढकाल र निर्मला रानाभाटको माया पिरिम बजारमा

चितवन, फागुन ६ ।
चर्चित संचारकर्मी तथा लोक दोहोरी गायक प्रकाश ढकाल र प्रत्यक्ष दोहोरीको क्षेत्रमा ख्याति कमाउँन सफल गायीका निर्मला रानाभाटको संयुक्त प्रस्तुती ‘माया पिरिम’ बजारमा आएको छ । यस गीतमा बहुमुखी प्रतिभाका धनी गायक ढकालको शब्द छ भने गायीका रानाभाटले उनलाई साथ दिएकि छन् । म्युजिक भिडियो समेत स्वयंम ढकालले निर्देशन गरेका छन् । बिजय क्षेत्रीले सम्पादन गरेको भिडियो शम्भु चालिसे र विजयले खिचेका हुन् भने सुरेश दोभानको कोरियोग्राफी रहेको छ ।

पछिल्लो समय चितवनको उदाउदो कलाकारको रुपमा चिनियका गायक ढकाल चर्चित कार्यक्रम रोधि घरका सञ्चालक तथा कुशल संचारकर्मी पनि हुन् । उनीसंग चितवनका विभिन्न एफ एम रेडियोहरुमा कार्यक्रम प्रस्तोताको रुपमा कार्य गरेको अनुभव समेत छ । उनको यस गित ‘माया पिरिम’ रोधि घर नामक युट्युब च्यानलबाट सार्बजनिक भएको हो । गीतले छोटो समयमै चर्चा बटुल्न सफल भएको छ ।

हेर्नुहोस् भिडियो –

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा