नीलकण्ठ सुबेदीको तीज गीत चर्चाको शिखरमा

काठमाडौं, २५ साउन :

चितवन गुन्जनगरमा स्थायी घर रही अमेरिकाको भर्जिनियामा बस्दै आएका सर्जक नीलकण्ठ सुबेदीको शब्दमा ‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ भन्ने तीजको गीत सार्वजनिक भएको छ ।

हिन्दु नेपाली नारीहरूको महानचाड तीज पर्वमा कोभिड-१९ को माहामारीबाट सुरक्षित रहदै आफ्नै घरमा रहेर डिजिटल माध्यमबाट मनाउन तीजको यो गीतले सन्देश दिएको गीतकार सर्जक नीलकण्ठ सुबेदीले जानकारी दिएका छन् । अघिल्लो वर्षका तीजका गीतहरूमा माइत जाने, दर खाने नाच्ने, दिदी बहिनी लिन जाने लगायतका विषय थिए । अहिले पनि ती विषयमा केन्द्रित रहँदै कोरोनाका कारण तीजलाई पर्ने प्रभाव र देशले भोगिरहेको समस्याका विषयलाई उठाइएको छ । राम कार्कीको संगीत रहेको सो गीतमा एलिना चौहानले स्वर दिएकी छिन् भने सुरेश थापाले भिडियो निर्देशन गरेका छन् ।

OSR DISITEL च्यानल मार्फत सार्वजनिक भएको ‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ बोलको गीतमा इन्टरनेटमार्फत् साथी-संगीसँग तीज मनाउन आग्रह गरिएको छ । गीतको भिडियोमा सुरेश थापा, अनिता दंगाल, गणेश आमीलगायतको अभिनय छ । कोरोनाको कहरको यो समयमा गीतले सकारात्मक सन्देश प्रवाह गर्ने गीत रचनाकार सुवेदीको विश्वास छ ।यसैगरी, डिसी मेट्रो क्षेत्र अन्तर्गत सामुहिक रुपले तीजका दिन मनाइने डिसी मेट्रो परिवार भर्चुअल तीज कार्यक्रममा यो गीतलाई प्रस्तुत गरिने समेत सर्जक नीलकण्ठ सुबेदीले जानकारी दिए । स्रस्टा सुबेदी अन्तरास्ट्रीय नेपाली साहित्य समाज ( अनेसास ) वाशिङ्ग्टन डिसि च्याप्टरका सचिव समेत हुन ।

यसपालीको हाम्रो तीज इन्टरनेटमा गीत यो लिंकमा सुन्न सकिनेछ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै