सुनको भाउ तोलाको ८० हजार सात सय पुग्यो

काठमाडौं, २२ फागुन :
सुनको भाउले बिहीबार फेरि नयाँ कीर्तिमान बनाएको छ। तोलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको हो । सुनको भाउ बिहीबार तोलाको ८० हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन ८० हजार चार सयमा कारोबारमा भइरहेको छ। बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ८० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ भने घटबढ भएको छैन चाँदी बिहीबार पनि तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै