नेकपाका नेता नेपाल र भारतका नवनियुक्त राजदूत क्वात्रा विच शिष्टाचार भेटवार्ता

काठमाडौं, २३ फागुन :
नेपालका लागि भारतका नवनियुक्त राजदूत विनयमोहन क्वात्राले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । संयोगले माधव नेपालको जन्मदिनकै दिन शुक्रबार बिहानै राजदूत क्वात्रा उनलाई भेट्न कोटेश्वर निवास पुगेका थिए । क्वात्राले नेपाललाई जन्मदिनको शुभकामना पनि दिएका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र बुझाएपछि राजदूत क्वात्राले उपप्रधान तथ रक्षामन्त्री ईश्वर पोखरेल तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग सिंहदरवारमा शिष्टाचार भेटवार्ता गरेका थिए। नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार नेपालसँग राजदूत क्वात्राले नेपाल–भारत सम्बन्ध र दुई पक्षीय हितका विषयमा छलफल गरेका छन् ।

निवर्तमान राजदूत मंजीवसिंह पुरीले आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्केपछि उनको ठाउँमा कार्यभार सम्हाल्न क्वात्रा फागुन १८ गते काठमाडौं आइपुगेका हुन्। गतमाघ १६ गते भारतीय विदेश मन्त्रालयले क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको हो ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’